घरेलु उद्योगको प्रवद्र्धन गर्नुपर्छ– सभामुख घर्ती

प्रवद्र्धन

काठमाडौँ, फागुन ७- सभामुख ओनसरी घर्तीले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन घरेलु तथा साना उद्योगको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको अवलोकनपछि आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले घरेलु उद्योगबाट उत्पादन भएका वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दै गएकाले तीनलाई देशभर प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले घरेलु उद्यमशीलतालाई प्रोत्साहन दिनसकेमा यसले देशमा रोजगारीका अवसर सिर्जना गर्ने बताउँदै जनताको आर्थिक विकास भएमा मात्र मुलुकमा समृद्धि कायम गर्न सकिने उल्लेख गर्नु भयो ।

घरेलु उद्यमी कल्पना लिम्बू, अनिता तुम्बा, सन्तोषी पुरीलगायतले साना उद्योग, हस्तकला तथा घरेलु उद्यमको विकासले जनताको समृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै त्यस्ता उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा सरकारले भन्सार सहुलियत उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।

यही फागुन ४ देखि सञ्चालन भएको उक्त प्रदर्शनी ९ गतेसम्म जारी रहने छ । प्रदर्शनीमा विभिन्न उत्पादनका ३०० बिक्री कक्ष छन ।

Leave a Reply