जुनेलो उत्पादन घट्यो

उत्पादन

(बेनी) म्याग्दी, फागुन ८- विश्वमा जलवायु परिवर्तनका कारण नकारात्मक प्रभाव पारिरहेको बेला नेपालमा पनि यसको असर देखिन थालेको छ । म्याग्दीका किसानले लगाउने गरेको जुनेलोखेतीमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको किसानले बताएका छन् । पानीको अभाव हुनु र प्रतिकूल मौसमले जुनेलो उत्पादन हुन छाडेकाले किसानले विगतको तुलनामा जुनेलोखेती लगाउने क्षेत्रमा कटौती गरेका बगरफाँटका नरबहादुर थापाले बताउनुभयो ।

जुनेलोखेतीका लागि अनुकूल वातावरण नभएपछि बारीका डिल र कुनामा वषौँ पहिलेदेखि जुनेलोखेती गरिदैँआएको जुनेलो उत्पादन हुन छाडेको किसानहरूले बताएका छन् ।

बीउ नउम्रने, उम्रिए पनि बोटमा कीरा लाग्ने तथा फल नै नलाग्ने गर्दा धेरै क्षेत्रमा जुनेलोखेती गर्ने अवस्था नरहेको किसानको भनाइ छ ।

जुनेलोखेती अनुकूल वातावरणको अभावमा विस्थापित भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक श्याम क्षेत्रीले बताउनुभयो । उहाँले अनुकूल मौसमको अभावमा जुनेलोमात्र नभएर अन्य स्थानीय जातका धानबाली पनि खेती हुन छाडेको जानकारी दिनुभयो ।

धार्मिक कार्यमा प्रसादको रूपमा प्रयोग हुने जुनेलोखेतीबाट किसानले हात झिक्नथालेको कार्यालयले जनाएको छ ।

एक उत्तर छोड्न