५५ निर्बाचित सभापति मध्य ११ मात्रै देउबाको पक्षमा

निर्बाचित

काठमाडौं, फागुन ९ – नेपाली कांग्रेसको १३ औं महाधिवेशनको तयारीका क्रममा ५१ जिल्लामा अधिवेशन सम्पन्न भएको  निर्वाचनमा निर्बाचित ५५ सभापति मध्य ११ मात्रै देउबाको पक्षमा रहेको बुझिएको छ |

गत २५ माघमा धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकोमा राति १२:५० बजे सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगित गरिएको थियो । हालसम्म ६५ जिल्लाका २१० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

शनिबारसम्म सम्पन्न ५१ जिल्ला अधिवेशनबाट सभापति निर्बाचित भएको कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

निर्बाचित सभापतिहरु

ताप्लेजुङ- लीला बोक्सिङ,

झापा- उद्धव थापा,

मोरङ- डिगबहादुर लिम्बू,

सुनसरी- राजीव कोइराला,

खोटाङ- नरेशकुमार श्रेष्ठ,

ओखलढुङ्गा- प्रदीपकुमार सुनुवार,

उदयपुर- विदुर बस्नेत,

सिन्धुली- उज्वलप्रसाद बराल

धादिङ- रमेश धमला,

काभ्रेपलाञ्चोक- मधु आचार्य,

मकवानपुर- इन्द्रबहादुर बानियाँ,

गोरखा- हरिबहादुर घले,

मनाङ- टेकबहादुर गुरुङ,

कास्की- कृष्ण केसी,

तनहुँ- वैकुण्ठनाथ न्यौपाने,

स्याङ्जा- कमलप्रसाद पङ्गेनी,

पाल्पा- वीरबहादुर राना,

अर्घाखाँची- विष्णुप्रसाद खनाल,

नवलपरासी- विष्णु लामिछाने,

रुपन्देही- अब्दुल रज्जाक ,

मुस्ताङ- याङ्जिङ विष्ट,

जाजरकोट-दीपकजङ्ग शाह,

सुर्खेत- कमलराज रेग्मी,

डोटी- प्रदीप देउवा,

बैतडी- नरेन्द्रसिंह थापा,

डडेल्धुरा- कर्णबहादुर मल्ल,

पाँचथर- नवीन्द्र केरुङ,

भोजपुर- नन्दमणि राई,

धनकुटा- अग्निप्रसाद पौडेल,

नुवाकोट- जगदीश्वरनरसिंह केसी,

कपिलवस्तु- सुरेन्द्रराज आचार्य,

मुगु- खड्गबहादुर शाही,

कालिकोट- हर्षबहादुर बम,

हुम्ला- जयपति रोकाया,

बैतडी- नगेन्द्रराज थापा,

तेह्रथुम-गोविन्दप्रसाद ढुङ्गाना,

काठमाडौं- कृष्ण (सबुज) बानियाँ,

ललितपुर-मदन अमात्य,

चितवन- जीतनारायण श्रेष्ठ,

पर्वत- खिमप्रसाद भुसाल,

रुकुम- प्रेमप्रकाश ओली,

रोल्पा- अमरसिंह पुन,

बर्दिया- सञ्जय गौतम,

दाङ-कीर्तिबहादुर खड्का,

इलाम- हिमालय कर्माचार्य,

बागलुङ- दीपेन्द्रबहादुर थापा,

जुम्ला-दीपबहादुर शाही,

कैलाली- नरनारायण साह,

रामेछाप- लवश्री न्यौपाने,

लमजुङ- भेषबहादुर पौडेल,

सल्यान-गणेश चन्द

बाँके- किरण कोइराला,

बाजुरा – कविराज पण्डित,

अछाम – भरतकुमार स्वाँर ,

दैलेख – कृष्णकुमार बि सी ,

प्युठान – अमर भण्डारी

सङ्खुवासभाको निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबर भएकाले थप प्रक्रिया अघि बढाइने भएको छ ।

झापाका थापा, पाल्पाका राना र अर्घाखाँचीका खनाल सर्वसम्मत सभापति निर्बाचित भएका हुन् ।

बारा र पर्सा जिल्लामा प्राविधिक कारणले बाँकी रहेका गाउँ अधिवेशन सकी क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । ती जिल्लामा मङ्गलबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु भएको हो ।

बाँकी २४ जिल्लाको अधिवेशन १० फागुनभित्रै सम्पन्न गर्नेगरी निर्देशन दिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । “२० फागुनदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नामसूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको छ” भने भने ।

आइतबार सबै जिल्लामा दिवङ्गत सभापति कोइरालाको श्रद्धाञ्जलीसभा राखिएकाले जिल्ला अधिवेशन नहुने निर्वाचन समितिले जनाएको छ । बाँकी २४ वटै जिल्लामा फागुन १० गते सोमबार जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको सचिव श्रेष्ठले बताए ।

एक उत्तर छोड्न