दाई म मर्दैछु भन्दै नेपालीबाट जापानमा आत्महत्या

एसएलसी

काठमाडौं, फागुन ९ – नेपालीहरु विश्वको कुनै पनि मुलुकमा गएर काम वा अध्ययन  गर्ने क्रममा बढ्दै गएको मृत्युका समाचार आईरहेका बेला नेपाली बिद्यार्थीले जापानमा आत्महत्या गरेको समाचार आएको छ |

जापानको ओकिनावा नाहासी वातासा शहरमा भाषा कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीले शुक्रवार साँझ रुखमा झुण्डिएर आत्महत्या गरेका छन ।बुटवल घरभई हाल ओकिनावाको जेसीयस जापानी भाषा कलेजमा अध्ययनरत २१ वर्षिय कमल खनालले हिजोराती झुण्डिएर आत्महत्या गरेका हुन ।

सोही कलेजमा अध्ययनरत दाई केशव खनाललाई सम्वोधन गर्दै सुसाईट नोट लेखेर काम गर्ने ठाउँको रुखमा झुण्डिएको अवस्थामा उनको शव शनिवार विहान भेटिएको थियो ।

सुसाईट नोटमा उनले “दाई, म मर्दैछु | साथीसंग १० हजार पैसा लिनुछ | मेरो घर परिवारलाई हेरिदिनु होला ।” भनी लेखेको कागज आफनै गोजीमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
भाषा अध्ययनरत गर्दै आएका दाई केशवकै सहयोगमा जापान आएका कमल विगत केही समययता तनावमा देखिन्थे । कलेजले हालै स्वास्थ्य जाँच गर्न स्थानिय अस्पतालमा लगे पश्चात उनी एकाएक निरास देखिएका थिए ।
स्थानिय एक कृषकको फर्ममा पार्ट टाईम काम गर्दै आएका मृतक खनाल भाषा विद्यार्थीका रुपमा गत अक्टोवर सेसनका लागि जापान आएका थिए ।

हाल उनको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा लगेको छ । आत्महत्यागर्नुको बिस्तृत कारण भने अझै खुल्न नसकेको बताईएको छ |

Leave a Reply