सिराहामा भीषण आगलागी

0
आगलागी

गोलबजार (सिरहा),फागुन ९- विष्णपुरकट्टी गाविस–१ भर्नैनीमा अहिले भीषण आगलागी भएको छ ।

आगलागीका कारण दर्जनौँ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीका अनुसार आगलागी नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीयवासीले पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । लहान नगरपालिकाको वारुणयन्त्र पनि त्यहाँ पुगिसकेको छ । तर अझै आगलागी नियन्त्रणमा आउन सकेका छैन ।

तेज गतिमा हावा चलेका कारण आगलागी नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिँदै सप्तरी र धनुषाबाट समेत दमकल बोलाइएको बताउनुभयो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

एक उत्तर छोड्न