र्याफ्टिङ दुर्घटनामा बेपत्ता युवकको शव फेला

हत्या

चितवन, फागुन ९- गएको सोमबार बेलुकी त्रिशूली नदीमा र्याफ्टिङ दुर्घटनामा बेपत्ता भएका एक युवकको शव आज दिउँसो फेला परेको छ ।

कविलास गाउँ विकास समिति वडा नं १ स्थित त्रिशूली नदीमा र्याफ्टिङ दुर्घटना भएर बेपत्ता भएका भरतपुर उपमहानगरपालिका वडा नं १६ बस्ने २४ वर्षीय विवेक बानियाँको शव ठिमुराको केराबारीस्थित त्रिशूली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार र्याफ्टिङ गर्न गएका १४ जनामध्ये चारजनाले लाइफ ज्याकेट प्रयोग नगरेको र तिनीहरुमध्ये बानियाँ बेपत्ता भएका थिए । अन्य १३ जना भने पौडी खेलेर बाँच्न सफल भएको उहाँले बताउनुभयो ।

लाइफ ज्याकेट नभएकामध्ये तीनजना पौडी खेल्नसक्ने भएकाले नदी बाहिर निस्कन सकेको भए पनि बानियाँले पौडिन नसक्दा नदीले बगाएको उहाँले बताउनुभयो । ¥याफ्टिङ नदी किनारको रुखको कापामा ठोक्किएपछि दुर्घटना भएको थियो ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको गोताखोर टोलीले घटना भएलगत्तै खोजीकार्य तीव्र बनाएको थियो ।

Leave a Reply