व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने

2
दुग्धजन्य

बाबियाचौर (म्याग्दी), फागुन ९- सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् ।

दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको असर कृषक र दुग्ध व्यवसायीमा परेकाले मूल्यवृद्धि गरेको समितिका सचिव यज्ञनाथ आचार्यले जानकारी दिनुभयो ।

किसानबाट हाल रु ६० प्रतिलिटरका दरले दूध खरिद गर्दै आएका व्यवसायीले उनीहरुलाई थप रु सात दिने निर्णय गरेका छन् । व्यवसायीले भने रु १० बढाएर दूधको बजारमूल्य प्रतिलिटर रु ८० पु¥याउने भएका छन् । चौबिस ल्याक्टो भएको दूध मात्रै खरिद बिक्री गर्ने निर्णय भएको सचिव आचार्यले बताउनुभयो । प्रतिलिटर दहीको मूल्य १००, घीउ रु एक हजार १०० र पनिरको मूल्य रु ९०० तोकिएको छ । यस्तै आइसक्रिम प्रतिलिटर रु १००, कुराउनी प्रतिकिलो रु एक हजार र लप्सी प्रतिगिलास रु ४० मा बिक्री गर्ने निर्णय गरिएको छ ।

एक उत्तर छोड्न