अध्यक्षमा नवीना लामा निर्वाचित

0
नवीना

काठमाडौँ, फागुन १० – नवीना लामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु)को २२ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा  निर्वाचित हुनुभएको छ ।

गए राति अबेर सकिएको मतगणनामा नवीना लामाले  ८६५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी दीपक गौतमले ६४९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षहरुमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल, महासचिवमा ऐन महर, सचिवहरुमा आरसी लामिछाने, समिप बडाल, सुदेश पराजुली र मकर खड्का तथा कोषाध्यक्षमा झपेन्द्र खत्री विजयी हुनुभएको छ ।

महिला सचिवमा आरती लामा, मधेसीतर्फको सचिवमा ओसिम आलम र जनजातीतर्फबाट अमृत बुढा विजयी भएका छन् । यीमध्ये पराजुली, लामा र आलम नेपाल निकट मानिन्छन् । कोषाध्यक्षमा भने संस्थापनकै झपिन्द्र खत्री विजयी भएका छन् ।

त्यस्तै, अनुशासन आयोगमा नीशा अधिकारी, निर्वाचन आयोगमा तुलसी मैनाली तथा लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् ।

सचिवालय सदस्यतर्फ सुदर्शन शिबाकाटी, यशु लामा, भाष्कर खनाल, टीकाजंग थापा, यमराज पाण्डे, युवराज कुँवर, सूर्य रोकाय, डम्बर अधिकारी, नारायण घर्ती, अर्जुन अधिकारी, उमेश आचार्य, श्याम प्रजापती, कनिष पटेल, कल्पना थापा, एलबी सिंह, मर्यादा विष्ट, सम्झना अधिकारी, रामशरण चौधरी, जेनिश लामालगायत निर्वाचित भएका छन् ।

गत २८ गते सुरु भएको अखिल महाधिवेशन दुई साता लम्बिएर नयाँ नेतृत्व चयनसँगै आइतबार मात्रै सम्पन्न भएको छ । महाधिवेशनमा १५ सय ९७ प्रतिनिधि सहभागी भएकोमा १५ सय १९ मत खसेको थियो ।

एक उत्तर छोड्न