फेरि गोरखा केन्द्र गरेर ५.५ को पराकम्प

पराकम्प

काठमाडौँ, फागुन १० –  पराकम्प नरोकिएकै अबस्थामा गए राति फेरि गोरखा केन्द्र गरेर ५.५ को पराकम्प महसुस गरिएको छ |

११ बजेर ५४ मिनेट जाँदा गोरखा जिल्ला पाँचखुवा देउराली आसपास केन्द्रबिन्दु भएको ५.५ रिक्टर स्केलको पराकम्प गएको छ ।

अहिलेसम्म ‘गोरखा भूकम्प’को चार रिक्टरस्केलभन्दा माथिको करिब ४३४ पराकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

एक उत्तर छोड्न