४० जना क्रिश्चियन धर्मावलम्बी सिरियामा रिहा

बेरुत (लेबनान), फागुन ११ – एक वर्ष पहिले फिरौतीको रकम दाबी गर्दै आईएस समूहले सिरियाबाट अपहरण गरी लगेका २३० जनामध्ये रिहा हुन बाँकी ४० जना क्रिश्चियन धर्मावलम्बी सिरियामा रिहा भएका छन् |  सिरियाली असिरियन क्रिश्चियन दशौँ लाख अमेरिकी डलर बराबरको फिरौती रकम बुझाएपछि रिहा भएको असिरियन डेमोक्रेटिक अर्गनाइजेसनले जनाएको छ ।

असिरियन डेमोक्रेटिक अर्गनाइजेसन युनान तालियाका अनुसार सन् २०१५ को फेबु्रअरीमा आईएस लडाकूले असिरियनसलाई अपहरण गरी लगेका थिए ।

उनीहरुले रिहाईका लागि एक करोड ८० लाख अमेरिकी डलर बराबर फिरौती रकम बुझाएपछि अपहृत ४० जनालाई सोमबार बिहानै सिरियाको एक ग्रामीण इलाकाबाट रिहा गरिएको र उनीहरु सोमबार नै आफ्नो गाउँ तालतामरतिर लागेको बताइएको छ ।

अपहृतमध्ये धेरै जनालाई यसअघि नै छोडिएको थियो ।

Leave a Reply