नवयुग र विकेशलाई फतौरी बुढीको यस्तो आशिर्वाद (भिडियोसहित)

0

काठमाडौं, फागुन ११-दक्षिण एसियाली खेलकुद (साग) फुटबल उपाधी जितेर स्वदेश फर्किएका खेलाडीलाई हाँस्यकलाकार कुञ्जना घिमिरे (फतौरी बुढी)ले आर्शिवाद दिएकी छन् । गोलकीपर विकेश कुथु र नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् । खेलमा जित हाँसिल गर्दा ३ करोड नेपालीको मन खुशिले गद्गद् भएको प्रतिक्रिया दिएकी छन् ।

एकैसाथ देश हँसाउने सार्मथ्य बोकेका खेलाडीलाई देशले पनि उच्च सम्मान गर्नुपर्नेमा उनको जोड छ । खेलाडीहरुले खेल खेले जस्तै सबै एक भएमा नेपालीलाई कसैले पनि पछि पार्न नसक्ने उनको भनाई छ ।

रमाइलो भलाकुसारीका क्रममा विकेश र नवयुगले साग प्रतियोगिता नाकाबन्दीको रिस फेर्ने गतिलो अवसर सावीत भएको बताएका छन् ।

खेल जितेर स्वदेश फर्किदाँ पाएको स्वागत र खुशिले मेडल सिरानी हालेर नै निदाएको विकेशले बताएका छन् । यसको साथमा उनीहरुले आफ्नो व्यक्तिगत कुराहरु पनि फतौरी बुढीसँग साटासाट गरेका छन् ।
हेर्नुहोस भिडियो ।

एक उत्तर छोड्न