गोलभेँडाको उचित मूल्य नपाउदा किसान निरास

2
किसान

वीरगन्ज, फागुन ११- व्यावसायिक रुपमा गोलभेडा खेती गरेर खुसी भएका किसान यसको उचित मूल्य नपाउ“दा निरास भएका छन् ।

गत वर्षको तुलनामा स्थानीय बजारमा गोलभेडाको मूल्य घटेको छ । घट्दो मूल्यका कारण किसान सस्तोमा गोलभेडा बेच्न बाध्य भएका छन् ।

यतिखेर स्थानीय बजारमा गोलभेडाको प्रतिकिलो खुद्रा मूल्य २० रुपैयाँदेखि २५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यसै अवधिमा प्रतिकिलो खुद्रा बजार मूल्य २५ रुपैयाँदेखि ४० रुपैयाँ रहेको थियो ।

गत वर्ष पाँच कट्ठामा खेती गरेर राम्रो आम्दानी हात पारेपछि गोलभेँडाप्रति आकर्षित भएका बारा फेटाका किसान रमेश साहले यसवर्ष क्षेत्रफल बढाएका छन् ।

यसवर्ष उनले १० कट्ठामा व्यावसायिक रुपमा गोलभँेडा खेती गरेका छन् । अघिल्लो वर्षको तुल्नामा यो वर्ष लागत अनुसारको मूल्य नपाउ“दा उनीहरू निराश भएका छन् ।

गतवर्ष खेतमै पुगेर व्यवसायीले प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य दिएका थिए, तर यो वर्ष १० रुपैयाँदेखि १५ रुपैयाँभन्दा बढी मूल्य पाएको छैन्, किसान साह भन्नुहुन्छ– ‘‘बजारसम्म पु¥याउने खर्च नउठ्ने अवस्था भएपछि बोटमै छाडेको वा खेतमै सस्तोमा बेच्न बाध्य भएका छौंँ । ’’

पाउने मूल्य भन्दा टिप्ने र बजार पु¥याउने खर्च नै बढी हुन्छ, पर्सा बेल्वाका किसान अनिरुद्ध दहैतले भन्नुभयो– ‘‘सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताले व्यावसायिक गोलभेँडा खेती सुरु गरेका किसान मर्माहत भएका छन् ।’’

गोलभेँडा नटिपौँं पाकेर खेर जान्छ, उहा“ले भन्नुभयो, “टिपाँैं त मजदुर र बजारसम्म पु¥याउन लाग्ने ढुवानी खर्च पनि यसबाट उठाउनसक्ने अवस्था छैन ।

एक उत्तर छोड्न