महोत्सवमा रु छ करोड कारोबार

कारोबार

नवलपरासी,  फुागन ११- जिल्लाको सुनवलमा आयोेजित पश्चिमाञ्चलस्तरीय दोस्रो औद्योगिक व्यापार मेला तथा दोस्रो नवलपरासी महोत्सवमा रु ६ करोड बराबरको आर्थिक कारोबार भएको छ ।

गत माघ २९ गतेदेखि जारी भई आजसम्म सञ्चालन भएको सो व्यापार मेलामा सबैभन्दा बढी सूचना प्राविधिको क्षेत्रमा कारोबार भएको छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला समितिका संयोजक भीमबहादुर थापा क्षेत्रीका अनुसार करिब एक लाख ४० हजार दर्शकले मेला अवलोकन गरेको बताउनुहुन्छ ।
Mahosub
कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन एवम् सूचना प्रविधिको बृहत् प्रदर्शन गरी मेलामा विभिन्न ३०० वटा स्टल रहेका थिए । महोत्सवको मुख्य आकर्षणका रुपमा भगवान् गौतम बुद्धको अस्थिधातु रहेको नवलपरासीको रामग्राम स्तुपलाई नमुनाका रुपमा राखिएको थियो ।

Leave a Reply