पछिल्ला दुई हजार आठ सय वर्षमा समुद्री सतह तीब्र वृद्धि (भिडिओ सहित)

0
सतह

मियामी (अमेरिका), १२ फागुन । पछिल्लो करिब दुई हजार ८०० वर्ष यता विश्वका सामुद्रिक सतहको वृद्धि तीब्र भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

सामुद्रिक सतहमा वृद्धि मानव सिर्जित जलवायु परिवर्तनले भन्दा पनि अन्य प्रभावका कारण भएको उनीहरुको निचोड छ ।

सन् १९०० देखि २००० का बीच विश्वका सामुद्रिक सतह औसत ५.५ इन्च (१४ सेन्टिमिटर) ले बढेको रटगर्स विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले बताएको छ ।

उक्त तथ्य रटगर्स विश्वविद्यालयको प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित गरिएको छ ।

विश्वव्यापीरुपमा आएको तापक्रम वृद्धिका कारण सामुद्रिक सतह वृद्धिमा धेरै कमी हुने बताउँदै अध्ययनले गएको शताब्दीमा सामुद्रिक सतह वृद्धि १.२ इन्च (तीन सेन्टिमिटर) २.८ इन्च (सात सेन्टिमिटर) पुगेको दाबी गरेको छ ।

गएको तीन सहस्राब्दीमा २० औँ शताब्दीमा अन्य समयको तुलनामा सामुद्रिक सतह असाधारण रुपमा पढेको अध्ययनले देखाएको छ । अझ गएका दुई दशकमा त सामुद्रिक सतहमा औसतभन्दा झन धेरै वृद्धि भएको अध्ययनबाट थाहा हुन आएको अध्ययन टोलीका नेतृत्वकर्ता एवम् रटगर्स विश्वविद्यालयका सहायक प्राध्यापक रोबर्ट कोपले बताउनुभयो ।

यदि भूमिगत इन्धनमा अहिलेकै जस्तो निर्भर रहने हो भने एक्काईसौँ शताब्दीमा सामुद्रिक सतह १.७ देखि ४.३ (५० देखि १३० सेन्टिमिटर) ले वृद्धि हुने अध्ययनले देखाएको छ ।

Future Sea Level Rise: Top 10 Countries In Danger (भिडिओ)
भूमिगत इन्धनको अत्यधिक दोहनका कारण इन्धनको अन्त्य भएपछि पनि सामुद्रिक सतह ०.८ इन्चका दरले वृद्धि भई यस शताब्दीको अन्त्यसम्म दुई फिट बढ्नसक्ने उक्त अध्ययनले जनाएको छ ।

अहिलेको औसत विश्व तापमान १९ औँ शताब्दीको तापमानभन्दा १.८ डिग्री फरेनहाइट (एक डिग्री सेल्सियस) ले वृद्धि भएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

रटगर्स नेतृत्वको हार्वर्ड विश्वविद्यालयका सहलेखकहरु तथा जर्मनीको उडस होल आसियनोग्राफिक इन्स्टिच्युसन एन्ड द पटसड्याम इन्स्टिच्युट फर क्याइमेट इम्प्याक्ट रिसर्चले संयुक्तरुपमा गरेको अध्ययनले विश्वका विभिन्न २४ स्थानलाई नमुना बनाई ६६ स्थानको ३०० वर्ष यताको तरङ्ग नापलाई आधार बनाई अध्ययन गरेको बताइएको छ ।

वैज्ञानिकहरुले पृथ्वीमा अकल्पनीय रुपले संवेदनशील मानिने तापमान साना परिवर्तनले आजको औसत जलवायुको नाप १९ औँ शताब्दीको भन्दा १.८ डिग्री फरेनहाइट (एक डिग्री सेल्सियस) बढी हुन पुगेको बताएका छन् ।

गएका सहस्राब्दीमा सामुद्रिक सतह पछिल्लो शताब्दीको जस्तो तीब्ररुपमा वृद्धि नभएको अर्का अनुसन्धानकर्ता स्टेफन राम्सटर्फले बताउनुभयो । राम्सटर्फ पटसड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का पृथ्वीबारे प्रमुख अनुसन्धाता हुनुहुन्छ ।

नयाँ सामुद्रिक सतहको तथ्याङ्कले पुनः एकपटक आधुनिक समयमा विश्व तापमान वृद्धि ग्रीन हाउस उत्खननका कारण कति असाधारण रुपले बढ्दै छ भन्ने पुष्टि गरेको वैज्ञानिकहरु बताउँछन् ।

उनीहरुले विश्व तापमान वृद्धि तथा सामुद्रिक सतह वृद्धिका खतरनाक असरहरु पृथ्वीको सामान्य जनजीवनमा कसरी असर गर्दो रहेछ भनी अध्ययनमा देखाएका छन् ।

क्लाइमेट सेन्टरले सोमबार सार्वजनिक गरेको दोस्रो प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धि विना नै सन् १९५० यता करिब आठ हजार सामुद्रिक आँधी तथा बाढीको कारण निम्तिएका सङ्कट उत्पन्न हुने थिएनन् भन्ने दाबी गरिएको छ ।

एक उत्तर छोड्न