जहाज सम्पर्क विहीन

1
शब

पोखरा, १२ फागुन । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

आज बिहान ७ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको सो जहाज केही समयपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन कार्यालय, पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

९ एनएएचएच नंको सो जहाजमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीन जना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजको खोजी भइरहेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्धटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ ।

एक उत्तर छोड्न