असमझदारी हटेको भन्ने शब्द राख्न भारतले मानेन

असमझदारी

काठमाडौँ, फागुन १३ – प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ ,नयाा संविधानको व्याख्यामा साझा शब्द राख्न नसक्दा र दुई देशबीचको असमझदारी हटेको भन्ने शब्द राख्न भारतले नमान्दा संयुक्त वक्तव्य नै तयार भएन ।

विज्ञप्तिमा के राख्न मानेन भारतले ?

नेपाली अधिकारीहरूले संशोधनपछिको संविधानलाई स्वागत गर्दै बााकी विषय पनि छलफलबाट समाधान हुने भाषा प्रयोग गर्न प्रस्ताव गरेका थिए । तर, भारतीय पक्षले ८ फागुनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई उल्लेख गर्नुपर्ने अडान राखेको थियो । मोदीले नयाा संविधान उल्लेखनीय उपलब्धि भएको र यसको सफलता सबै पक्षको आवाज समेट्दा मात्रै हुने भन्दै संवाद र सहमति गर्न आग्रह गरेका थिए । तर, भारतीय पक्ष अन्तिमसम्म सहमत नभएपछि संयुक्त वक्तव्य नआएको कूटनीतिक स्रोतहरूले बताएका छन् ।

नाकाबन्दी भारतले गरेको सन्देश जाने चिन्ता

पछिल्लो पााच महिनामा उत्पन्न नेपाल–भारत असमझदारीलाई पनि भारतले प्रस्तावित संयुक्त वक्तव्यमा उल्लेख गर्न मानेन । त्यसो गर्दा अघोषित नाकाबन्दी भारतबाटै भएको भन्ने सन्देश जाने भएकोले त्यो शब्द राख्नु उपयुक्त नहुने भारतीय पक्षको धारणा थियो । भारतले अघोषित नाकाबन्दी र त्यसबाट उत्पन्न आपूर्ति समस्यामा आफ्नो भूमिका उल्लेख गर्न नचाहादा संयुक्त विज्ञप्तिमा सहमति हुन नसकेको एक नेपाली अधिकारीले बताए ।

भट्टराईको भ्रमणमा जारी भएको थियो

ओलीभन्दा अघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको औपचारिक भारत भ्रमणका वेला २२ बुादे संयुक्त विज्ञप्ति जारी भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा राजकीय भ्रमणका क्रममा पनि संयुक्त विज्ञप्ति जारी भएको थियो । जारी गरिएको थियो ।

असमझदारी अन्त्य भयो

ओली प्रधानमन्त्री केपी ओलीले भारतसँगको असमझदारी अन्त्य भएको बताएका छन् । ६ दिने भारत भ्रमणपछि बुधबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले सीमांकनलगायतका असन्तुष्टि सम्बोधनका प्रयासबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताए । संयुक्त वक्तव्यबारे मौन रहे प्रधानमन्त्री ओली विमानस्थलमा सवा ९ मा ओर्लिएका प्रधानमन्त्री केपी ओलीले साढे ९ बजेबाट २५ मिनेटसम्म पत्रकार सम्मेलनमा भ्रमणका उपलब्धिबारे व्याख्या गरे । तर, भ्रमणको अन्तिम दिन दुई देशका तर्फबाट जारी गरिने प्रचलन रहेको संयुक्त वक्तव्यबारे भने उनी मौन रहे । आफ्नो एकोहोरो भनाइ सकेर पत्रकारको जिज्ञासा नसुनी धन्यवाद भनेर ओली विमानस्थलबाट हिँडेका थिए ।

आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा यो खबर प्रकाशित छ |

 

Leave a Reply