रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै

0
सङ्ख्या

जनकपुरधाम,  फागुन १३- जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएका थिए । विसं २०६७ मा नौ हजार ९२१, २०६८ सालमा १७ हजार ६४३ तथा २०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएका थिए ।

सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यानपावर कम्पनीको चलखेलजस्ता चुनौतीले वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ । ठगिने क्रममा वृद्धि भए पनि राहदानी लिनेको सङ्ख्यामा भने कमी आएको छैन । आर्थिक वर्ष २०७१÷७२ मा जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युनाइटेड अरब इमिरेट (युएई) जाने कामदारको सङ्ख्या अधिक रहेको छ ।

एक उत्तर छोड्न