ट्याक्टर पल्टिँदा एक महिलाको मृत्यु

सञ्चार

नवलपरासी, फागुन  १३ – नवलपरासी कुडियामा गएराति ट्याक्टर पल्टिँदा एक महिलाको मृत्यु भएको छ ।

उखु लादेर रुपौलियाबाट कुडिया चिनी मिलतर्फ आउँदै गरेको लु१त ६६०५ नम्बरको ट्याक्टर पल्टिँदा रुपन्देहीको बुुटवल नगरपालिका–५ गोलपार्क बस्ने ५५ वर्षीय गीतादेवी गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply