राजधानीमा प्रथम 20-20 क्रिकेट कप हुदैँ

प्रथम

काठमाडौँ,  फागुन १३- काठमाडौँ  क्रिकेट सेन्टरको आयोजनामा यही फागुन १५ गतेदेखि राजधानीमा प्रथम रुस्लान ट्वेन्टी ट्वेन्टी क्रिकेट कप प्रतियोगिता सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा ज्ञानेन्द्र मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा उपत्यकाका १२ र उपत्यका बाहिरका चार टोलीको सहभागिता रहनेछ ।

‘नकआउट’का आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा दुबै समूहका उत्कृट समान चार–चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पाउनेछन् । प्रतियोगिता यही फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply