भारतले राष्ट्रसंघलाई ११ पाकिस्तानी आतङ्ककारीको नाम दियो

आतङ्ककारी

नयाँ दिल्ली, फागुन १३- भारतले ११ जना पाकिस्तानी आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघलाई दिएको जनाएको छ ।
भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न रहेको भन्ने आरोपमा उसले ती नामहरु संयुक्त राष्ट्रसंघसमक्ष प्रस्तुत गरेको जनाइएको हो ।
भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न ती आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघसमक्ष दिइएको जानकारी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले जानकारी दिनुभयो ।
बुधबार भारतीय संसदको अधिवेशनलाई सम्बोधन गर्दै ती व्यक्तिको नाम राष्ट्रसंघसमक्ष दिइएको जानकारी उहाँले गराउनुभएको समाचारमा जनाइएको छ ।
साथै उहाँले सो सम्बोधनका क्रममा विभिन्न ४० देशसँग भारतको सुपुर्दगी सन्धी भएको र अरु करिब १० वटा देशसँग यससम्बन्धी सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
अपराधकर्ममा सम्लग्न व्यक्तिहरुलाई आफ्नो देशमा ल्याउनका लागि जतिसक्दो धेरै भन्दा धेरै देशसँग भारतले यस्तो सन्धी तथा समझ्दारी गर्ने नीति लिएको जानकारी पनि उहाँले सो सम्बोधनका क्रममा गराउनुभयो ।
भारत सरकारका तर्फबाट राष्ट्रसंघलाई दिइएका ती नामहरु को को हुन् भन्ने बारेमा भने उहाँले कुनै जानकारी नदिनुभएको बताइएको छ ।
यस विषयमा पाकिस्तानी पक्षको कुनै प्रतिक्रिया आएको छैन ।

Leave a Reply