कमल थापाले हिन्दूराष्ट्र नभएसम्म विश्राम नलिने

हिन्दूराष्ट्र

धनगढी,  फागुन १३ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र कायम नभएसम्म विश्राम नलिने बताउनुभएको छ |

‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइमा आज धनगढीबाट हिन्दुत्व जागरण अभियान सुरु गरिएको छ ।

‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको विरोधमा पुनःनेपाललाई हिन्दू राष्ट्र कायम गर्न यो अभियान थालिएको आयोजकले जनाएको छ ।

यहाँ आज आयोजित हिन्दुत्व जागरण सभाको राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्दै विदेशीको दबाब र प्रभावमा परेर षड्यन्त्रपूर्वक ढङ्गले हिन्दूराष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास गरिएको बताउनुभयो ।

अध्यक्ष थापाले संविधानसभामार्फत बनेको नयाँ संविधानमा नेपाललाई हिन्दूराष्ट्र कायम राख्न राप्रपा नेपालले गरेको प्रयास सफल नभए पनि आफूहरुले हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम नलिने बताउनुभयो ।

एक उत्तर छोड्न