रु पाँच अर्बको बजेट प्रस्तुत

2
महालेखा नियन्त्रक कार्यालय

भीमदत्तनगर,फागुन १४- जिल्ला विकास समिति कञ्चनपुरले आगामी आर्थिक वर्ष २०७३-७४ को बजेट सार्वजनिक गरेको छ ।

समितिले आज नवौँं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी मोहन पौडेलले रु पाँच अर्ब, ४८ करोड, ८६ लाख ५७ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । समितिले आयतर्फ रु तीन करोड ९८ लाख ३२ हजार र राजस्वतर्फ रु ८५ लाख गरी रु चार करोड ८३ लाख आन्तरिक आय देखाएको छ । अनुदानतर्फ रु २७ करोड ७६ लाख तथा पुँजीगततर्फ रु ३७ करोड ८७ लाख रहेको छ ।

त्यसैगरी सरकारी विषयगत कार्यालयतर्फ रु चार अर्ब ४३ करोड ४ लाख ६९ हजार तथा गैरसरकारी क्षेत्रतर्फ रु ३५ करोड २३ हजार गरी अनुमानित रु पाँच अर्ब ४८ करोड ८६ लाख ५७ हजारको बजेट प्रस्तुत गरिएको स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिनुभयो । परिषद्को उद्घाटन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीमबहादुर रावलले गर्नुभएको थियो ।

रासस पर्खाल निर्माणलाई रु एक लाख

जिविस कञ्चनपुरले राष्ट्रिय समाचार समिति महाकाली अञ्चल कार्यालय भीमदत्तनगरको पर्खाल निर्माण कार्यलाई आफ्नो आगामी योजनामा समावेश गरेको छ ।

समितिले राससको पर्खाल निर्माणलाई योजनाको पूर्वाधार एवम् प्रवद्र्धनात्मक शीर्षकमा समावेश गरी रु एक लाख विनियोजन गरेको छ । नवाँैं जिल्ला परिषद्मा पुगेको राससको पर्खाल निर्माण कार्यको बजेट विनियोजनका लागि परिषद्मा उपस्थित सबै राजनीतिक दलका प्रतिनिधिले सर्मथन जनाएका थिए । विसं २०३६ मा स्थापना भएको रासस महाकाली अञ्चल कार्यालयको पर्खाल निर्माणका लागि यसअघि भीमदत्तनगरपालिका कार्यालय कञ्चनपुरले रु एक लाख विनियोजन गरिसकेको छ ।

एक उत्तर छोड्न