मुर्रा भैँसी लोप हुँदै

0

डडेल्धुरा,  फागुन १६ – जिल्लाका विभिन्न ठाउँमा मुर्रा भैँसी लोप हुँदैगइरहेको छ ।

भैँसीको व्यापार मासुका लागि बढेपछि मुर्रालगायत अन्य जातका भैँसी लोप हँुदै गइरहेका हुन् । प्रायःजसो गाउँमा भैँसीले दूध दिन छोडेपछि ठेकेदारलाई बेच्ने गरेकाले भैँसीको सङ्ख्यामा कमी आउन थालेको बेलापुर–९ का नरबहादुर साउद बताउनुहुन्छ । बाँझो भैँसीलाई ठेकेदार रु ३० हजारदेखि रु ४० हजारमा खरिद गर्दै आइरहेका छन् ।

खरिदकर्ताले भैँसी धनगढीको अत्तरिया, नेपालगन्ज तथा भारतका सहरसम्म पु¥याउने गरेका छन् । उक्त भैँसी मासु प्रयोजनका लागि काटिने गरेको एकजना भैँसी खरिदकर्ताले बताउनुभयो । भैँसीको व्यापारबाट खरिद गरेकोभन्दा दोब्बर कमाई हुने गरेको छ । छोटा खुट्टा हुने दूध धेरै दिने सानो मुर्रा जातका भैँसी मासु प्रयोजनका लागि निकासी हुन थालेपछि यी जातका भैँसी हराउन थालेको अजयमेरुका कृषक हरिलाल ऐरको भनाइ छ ।

पछिल्लो समयमा खरिदकर्ताको सङ्ख्या बढेपछि बाँझो भैँसी समेत चर्को मूल्यमा बिक्री हुन थालेपछि कृषकले एक वर्षसम्म त्यतिकै पाल्नुभन्दा नयाँ दुहुनो भैँसी खरिद गर्न उक्त भैँसीलाई बिक्री गर्ने गरेका छन् । ठेकेदारले बाहिर लगेर बेच्ने गरेकाले भैँसीका केही जात लोप हँुदै गइरहेका छन् ।

एक उत्तर छोड्न