मलाई बाबुराम को प्यारो बन्नु छैन

नयाँ शक्ति
काठमाडौं, फागुन १६ – मलाई बाबुराम को प्यारो बन्नु छैन |
             २०७२ असोज ३ गते को दिन प्रायःको छलफल गर्ने बिषयबस्तु एउटै थियो। जुन दिन नेपालले एक थान संविधान पाएको थियो। म लगाएत केही साथीहरु दोधारमा थियौ त्यो दिन, दोधार किन? यो अर्थमा थियौ कि यत्रो बलिदानीले प्राप्त गरेको संविधान!  तर एउटा वर्ग समुदायको मन रोइरहेको थियोे, जुन समुदाय यो संविधानले सबैको अधिकार लाई समेट्न सकेको छैन भनेर आफ्नो असन्तुष्टिलाई सडक र सदनबाट जनतालाइ सचेत गर्दै थिए।
मलाइ पनि सिमान्तकृत समुदाय फेरि पनि अन्यायमा पर्ने भए भन्ने महसुस भईरहेको थियो | मन भित्र आशा र आशङ्काको बादल मडारिरहेको थियो|  संविधान घोषणाको दिपावली गरौ या नगरौ भनेर। मैले मिल्ने साथी शंकर प्रधान संग सल्लाह गरें, तर उहाँको मन पनि उही मेरै समस्याले पिरोलिरहेको पाए, अन्ततः हामी दिपावली गर्ने निष्कर्षमा पुग्यौ, काठमाडौ महानगरपालिका वडा न १६ स्थित नयाँबजारमा सबै समुदायको उपस्थितिमा प्रोजेक्टरको सहयताले प्रत्यक्ष प्रशारण हेर्ने  र नेपालको मानचित्रमा मैनबत्तिले सजावट गरि दिपावली गर्ने निर्णय गर्यौ।
सोही निर्णय अनुसार करिब ६००-७०० जनाको बाक्लो उपस्थितिमा औपचारिक कार्यक्रम गरेर सात प्रदेशमा समानुपातिक रुपमा सातै प्रदेश र समुदायको नागरिक बाट सात वटा मुल दियोमा दिप प्रज्वलन गरि प्रोजेक्टरबाट एभिन्युज टेलिभिजनको प्रत्यक्ष प्रशारण हेर्दै विभिन्न राष्ट्रिय गित संगै दिपावली समापन गर्यौ।
नयाँ शक्ति
मन भित्रको आशा आशङ्कालाई समाल्दै बसेका थियां । असोज ९ गते संविधानका एक महान हस्ती डा.बाबुराम भट्टराईले ३० बर्ष पसिना बगाएको पार्टी र सभाषद समेत बाट राजिनामा गरेको कुरा सबै सन्चारमाध्यमले फ्लास समाचार बनाएको मैले पनि पढे| अनि मनमा अर्को बज्रबात उत्पन्न भयो। केही समय मौन बसे र भट्टराईको स्वकिय सचिब बिश्वदिप पाण्डेलाई टेलिफोन गरे |उहाँबाट पनि सहि समाचार भन्ने कुरा आएपछी स्वयम्  लाई सम्पर्क गरे तर सम्पर्क हुन सकेन।
भोलिपल्ट राजिनामाको पुर्णपाठ पढिसकेपछी अब मन थुक्क भयो र ठिक गरेछ्न भन्ने लाग्यो। सोही दिन म पनि उहाँ संगै छौ भन्ने कुरा दर्शाउन समाजिक संजाल फेसबूकमा हामी बाबुराम संगै छौ भन्ने एउटा सामुहिक छलफल गर्ने समूह बनाए र हामी त्यही व्यापक छल्फल गर्यौ।

उहाँको जिबनशैली र २ सुख्खा रोटि र  सागको खानाले झन मलाई यो अभियानमा लाग्ने मन लाग्यो।

म पनि नया शक्ति नेपाल निर्माण अभियानमा पटकपटक डा.बाबुराम भट्टराईसंगै हिडेको छु संगै खाएको छु। उहाँको जिबनशैली र २ सुख्खा रोटि र  सागको खानाले झन मलाई यो अभियानमा लाग्ने मन लाग्यो।जुन बेला सम्म ए माओवादी  जिल्ला सचिवालय यूएईको सदस्य थिए। म जस्ता हजारौ यूवा अभियानमा होमियौ। अहिले यो अभियानले यति चर्चा पायो कि किसान को खेतबारी देखि प्रशाशन हुँदै सिङ्गो मुलक को कुना कुनामा छलफलको बिषयबस्तु बनेको छ।
     आफुलाइ यो देशका  क बर्ग को ठेकदार ठान्नेहरु जथाभावी बर्बराउन थालेका छ्न। देशको समृद्धि चाहने बुद्धिजीवी  तथा सामाजिक अभियन्ताहरु यो नयाँ शक्तिका सदस्य बनिरहेका छ्न भने  कतिपय यो अभियानमा हातेमालो गर्दै छ्न त कति पर्ख र हेर को अवस्थामा रहेको पाइन्छ।
पछिल्लो समय बिशेसगरी यूवा बुद्धिजीबि ब्यबसायीको नयाँ शक्ति प्रतीको झुकाब र समर्थनले नेपालको राजनीति उथलपुथल भई  बिपरित धुर्बमा जाने भयो भन्ने डरले  संगै एउटै थालमा भात खाएका एउटै पोशाक लागाएका सहयात्रीहरुले चरित्र हत्या गर्न लागि परे पनि सचेत नेपाली ले यो कुरा राम्रै संग बुझेका छन् ।

बाबुराम को मान्छे बन्न होइन न मेरो बाबुराम बनाउन नै हो।

स्मरण सहोस  नयाँ शक्तिमा आवद्ध नेपाली नागरिकले समृद्धि आफ्नै पालामा  सदाचारी प्रशासन आफनै आँखाले र राज्यको निर्णयगर्ने निकायमा समाबेशी समानुपातिक प्रतिनिधित्व गर्न लागेका हुन् , बाबुराम को पछि लाग्न होइनन। मात्र बाबुराम भट्टराई नयाँ शक्तिका अभियन्ता हुन् , बाबुराम को नयाँ शक्ति होइन। यो कुरा डा. बाबुराम भट्टराईले बुझ्न जरुर छ।
         होइन भने अहिले बर्बराउने समूह भन्दा फरक हुदैन।म नेपाल मेरै पालामा सम्बृद भएको मेरै पालामा सदाचारयुक्त, सबै बर्ग समुदायको समाबेशी समानुपातिक प्रतिनिधित्व गर्न यो नया शक्तिको अभियन्ता भएको हु। बाबुराम को मान्छे बन्न होइन न मेरो बाबुराम बनाउन नै हो।
भीम श्रेष्ठ
नयाँ शक्ति यु ए ई अभियन्ता
(यी लेखकका निजी विचार हुन् |) स .

एक उत्तर छोड्न