फोटो खिच्ने क्रममा डुबेर एक किशोरी बेपत्ता

फोटो

चितवन, फागुन १६- नारायणी नदी किनारमा फोटो खिच्ने क्रममा डुबेर एक किशोरी बेपत्ता भएकी छन् ।

नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने १९ वर्षीया स्मिता ज्ञवाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार नारायणी किनारमा फोटो खिच्न पुगेका दुई किशोरी चिप्लिएर नदीमा खसेका थिए । उनीहरुमध्ये ज्ञवाली बेपत्ता भएकी हुन् भने उनकी साथी सोही स्थान बस्ने १८ वर्षीया नम्रता सापकोटाको प्रहरीले उद्धार गरेको छ । अरोमा कलेज भरतपुरमा अध्ययनरत उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply