यसरी ल्याउदैछन् बिप्लबले हतियार

बिप्लबका

काठमाडौं, फागुन १७ –  हतियार ले लडिएको दश बर्से जनयुद्धको लक्ष्य र उद्धेस्य अझै पुरा नभएको र माओबादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित विप्लब नेत्रित्वतो माओबादीको गतिबिधि हिजोआज खासै सुन्नमा आएको  छैन |

अहिले सो पार्टी लगभग चकमन्न जस्तै छ| केहि महिना पहिले आफ्ना केन्द्रीय सदस्यहरुलाई राजधानी छाड्न उर्दी जारी गरेको विप्लब माओबादी अहिले क गर्दै होला ?ससस्त्र संघर्ष गर्ने उसको प्रतिबद्दता के ब्यबहारमा नै रुपान्तरित होला ? संघुले यसबारे रोचक तथ्य फेला परेको छ |

स्रोतका अनुसार विप्लब माओबादी ससस्त्र संघर्स गर्ने अन्तिम निस्कर्षमा पुगिसकेको छ |र उसले ससस्त्र संघर्सको तयारीलाई भित्र भित्रै अगाडि बढाईरहेको छ |

माओबादी स्रोय्का अनुसार विप्लब माओबादीले अहिले छापामार तालिम दिएर केहि युवालाई तम्तयार अबस्थामा राखेको छ |

पश्चिम नेपालका साथै  देशका विभिन्न स्थानमा उसले यस्तो छापामार तालिम दिईरहेको बताईन्छ | झन्डै ५ हजारको हाराहारीमा उसले हतियार सहितको सेना तयार परेको दाबि स्रोतको छ |

सशस्त्र संघर्सको लागि भित्र भित्रै तयारी गरिरहेको माओबादीले यतीबेला हतियारको प्रबन्धमा बिशेष ध्यान दिईरहेको स्रोतको  दाबी छ |स्रोतका अनुसार एस अघि हतियार खरिद गर्ने काममा लागेका उदय यसमा असफल भएपछी बिप्लाब्ले आफ्नै हेडक्वाटरमा रह्व्का सुदीपलाई हतियार खरिदको जिम्मा दिइएको र उनि त्यसकै लागि फेरी सक्रिय रहेको स्रोतको दाबी छ |

उदयलाई हतियार किन्ने जिम्मा दिइएकोमा लिक भएर चीनले नादिने भयपछी बिप्लाब्ले उनलाई जिम्मा दिएर पठाएको बताईन्छ |

आजको साँघु साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

 

 

 

 

Leave a Reply