विमानमा बम नरहेको पुष्टि

सोलुखुम्बु,  फागुन १७ – काठमाडौँबाट लुक्ला आएको सिम्रिक एयरको विमानमा बम नरहेको पुष्टि भएको छ ।

आज बिहान पौने ८ बजे लुक्ला विमानस्थलमा अवतरण भएको विमानको सामान राख्ने ठाउँमा बम रहेको पर्चा भेटिएपछि विमानस्थलमा केहीबेर त्रास फैलिएको थियो ।

विमानको जाँच गर्दा कुनै खतरापूर्ण बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

विमानका सामान निकाल्दा ‘खबरदार जहाजमा बम छ’ लेखिएको पर्चा भेटिएको थियो । प्रहरीले खानतलास गरी केही नघेटिएपछि विमानलाई काठमाडौँ उडान गर्न स्वीकृति दिइएको थियो ।

Leave a Reply