यमनमा भएको आक्रमण को राष्ट्रसंघद्वारा छानबीन माग

ban-ki-moon

संयुक्त राष्ट्रसंघ,  फागुन १७ – संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यमनमा शनिबार भएको हवाई हमलाको सत्य तथ्य छानबीन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
यमनको एक ब्यस्त बजारमा भएको सो आक्रमणमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । सो आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।
उहाँले सोमबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो आक्रमणको निन्दागर्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको बताइएको छ ।
खोलेक बजारमा भएको सो हमलाको जिम्मेवारी कसैले नलिएको यमनी अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो विषयको खोजी गरिरहेको भएपनि आक्रमण कसले गरेको हो भन्ने बारेमा भने केही पत्ता नलागेको बताएका छन् ।
यमनमा यसअघि पनि साउदी अरेबियाको नेतृत्वको सेनाले हवाई आक्रमण गर्ने गरेको थियो । सो आक्रमणबाट सयौं व्यक्तिको ज्यान गएको थियो ।
उक्त आक्रमणको पनि संयुक्त राष्ट्रसंघले विरोध गरेको छ । यस्ता कुनैपनि खालका र कुनै पनि समूह वा पक्षले गर्ने गरेका हमलाबाट नागरिकको ज्यान जाने काम तत्कालै रोक्नुपर्नेमा जोड दिइएको छ ।
यमनमा त्यहाँका हुथी विद्रोहीहरुले सरकारका विरुद्धमा सुरु गरेको हिंसाका क्रममा सायौं नागरिक मारिएका छन् ।
पछिल्लो समयमा त्यहाँ निस्किएका विभिन्न आतङ्ककारी संगठनका कारण पनि नागरिक हताहतिको सङ्ख्या बढ्दो मात्रामा रहेको देखिन्छ ।

Leave a Reply