सहर सुन्दर बनाउन सफाइ अभियान

प्रदूषित

काठमाडौँ, फागुन १७- राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गादेखि कलङ्कीसम्मको सडकलाई सुन्दर बनाउन अभियान सुरु गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको अगुवाइमा सुरु भएको अभियान नगरपालिकाको सफा, सुन्दर, हरियाली, पर्यटकीय तथा सांस्कृतिक महत्वलाई झल्काउने उद्देश्यले सुरु गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

अभियानलाई निरन्तरता दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, राजनीतिक दल, नागरिक समाजको प्रतिनिधि, महिला स्वयम्सेविकालगायतको सक्रिय सहभागिता रहने बताइएको छ ।

पाण्डेका अनुसार अब प्रत्येक शनिबार यस अभियानलाई निरन्तरता दिइनेछ । सफाइ अभियानसँगै प्रत्येक घरको भान्साबाट नै कुहिने र नकुहिने फोहरको व्यवस्थापन गरिनुपर्ने, यस नगरपालिकाभित्र रहेको घरले एउटा कागतीसहित दुईवटा रुख लगाउनुपर्ने नियम लगाइएको छ ।

काठमाडौँलाई थप सुन्दर बनाउन यस अभियानले ठूलो सहयोग पुग्ने आयोजकले बताएको छ ।

Leave a Reply