भूकम्प पीडितलाई नयाँ ट्याक्सी नम्वर, क-कसलाई पर्‍यो ? (नामावलीसहित)

काठमाडौं । सरकारले भूकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर बुधबारदेखि वितरण गरेको छ । यातायात व्यवस्था कार्यालयले बुधबार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्धारा भूकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुरुवात गरिएको हो ।

पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापका भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण गरिएको हो । विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।

त्यसैगरी विहिबार आज अर्थात दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाको भूकम्पपीिडितलाई ट्याक्सी नम्बर वितरण गरिनेछ । दोलखाका २ सय १४, सिन्धुलीका ४६, सिन्धुपाल्चोकका २ सय ५३ भूकम्पपीडितले ट्याक्सी नम्बर पाउनेछन् ।

शुक्रबार अर्थात तेस्रो दिन काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा, मकवानपुर र ओलढुङ्गा जिल्लामा वितरण गरिनेछ । काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुरका ४३, मकवानपुरका ३१, धादिङका १ सय १७, ओखलढुगाका ३०, गोरखाका ७८ र रसुवाका ३० भुकम्प प्रभावित परिवारले ट्याक्सी नम्बर पाउने छन् ।

सरकारले २०७२ साल बैशाखमा आएको भुकम्पबाट प्रभावित १४ जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारी निर्णय अनुसार यातायात व्यवस्था विभागले ती जिल्लामा १५ सय वटा ट्याक्सी नम्बर वितरण गर्न साउन ५ देखि भदौ ५ गते सम्म निवेदन आव्हान गरेको थियो । १ लाख ५१ वटा आवेदन मध्येबाट विभागले १ लाख ४९ हजार ५ सय ५१ जनाको नाम सुचीमा निकालेको थियो ।

आवेदकको संख्या बढेपछि सरकारले गोलाप्रथाबाट १५ सय ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । विभागका अनुसार नम्बर पाएपछि भुकम्प प्रभावितहरु आफैले पैसा तिरेर किन्ने वा बैक मार्फत किन्ने भन्ने निर्णय स्वयंले गर्नुपर्नेछ ।

रामेछाप

नुवाकोट

काभ्रे

Leave a Reply