मिर्गौलाका पाँच हजार बिरामी को उपचार

3
बिरामी

विराटनगर, फागुन १७- नेसनल किड्नी अस्पताल विराटनगरले मिर्गौला रोगसँग सम्बन्धित पाँच हजार बिरामी को उपचार गरेको छ ।

तीन वर्षअघि स्थापना भएको सो अस्पतालले गम्भीर एवम् जटिल प्रकृतिका मिर्गाैलासँग सम्बन्धित विभिन्न रोगको उपचार गरी सफाल हुँदै गएको जनाएको छ ।

अस्पतालका सञ्चालक एव्म युरोलोजिस्ट डा सन्तोषकुमार झाका अनुसार भारतको पटना, कटिहार, सिलीगुडी तथा देशका काठमाडौँ, जनकपुर, वीरगन्ज र पूर्वाञ्चलका विभिन्न अस्पतालमा मिर्गाैलासँग सम्बन्धित रोगको उपचार हुन नसकेका बिरामीको सो अस्पतालमा सफलतापूर्वक उपचार तथा शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

मिर्गाैलासम्बन्धी रोगको प्रभावकारी रुपमा उपचार हुँदै गएपछि सो अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सो अस्पतालमा डिजिटल पद्धतिबाट मिर्गाैलामा रहेको पत्थरको शल्यक्रियालगायत, हाडजोर्नी तथा नसा रोग, इसिजी, युएसजी, आइसियुलगायतका उच्चस्तरका सेवा सुविधा उपलब्ध छन् ।

त्यसै सन्दर्भमा विराटनगर–७ का रघुवीर साहले विराटनगरका धेरै अस्पतालमध्ये नेसनल किड्नी अस्पतालको मिर्गाैलासँग सम्बन्धित उपचार सेवा प्रभावकारी रहेको र आफूले सो अस्पतालमा किड्नीमा भएको रोग र मधुमेहको उपचार गराएको बताउनुभयो ।

एक उत्तर छोड्न