खेलकुद मन्त्री र अस्ट्रेलियन राजदूत बीच भेटवार्ता

राजदूत

काठमाडौँ, १७ फागुन । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटबीच आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भेटवार्ता भएको छ ।

राजदूत र मन्त्रीबीच दुई देशबीचको आपसी सम्बन्ध, खेलकुद विकास र अन्य सम्बन्धका बारेमा छलफल भएको थियो ।

भेटवार्तामा मन्त्री मण्डलले अस्ट्रेलियाले खेलकुदलगायत अन्य क्षेत्रमा नेपाललाई सहयोग गरेको भन्दै यस किसिमको सहयोगले खेलकुद क्षेत्रको विकास मात्र नभई राज्य–राज्यबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अस्ट्रेलियामा लोकप्रिय खेलको रुपमा रहेको नेटबललाई नेपालमा पनि विकास गर्न सकिने बताउनुभयो ।

Leave a Reply