सहमतिमा नेतृत्व चयन नभए उम्मेदवारी दिन्छु: डा महत

2
महाभियोग

काठमाडौँ, फागुन १७- नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले १३औँ महाधिवेशनमा सहमतिमा साझा नेतृत्व चयन नभए आफूले पनि सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सहमति भएर एउटामात्रै उम्मेदवार हुने अवस्थामा आफू जुनसुकै पदमा बसेर काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय चुनौती सामना गर्ने, पार्टीमा भागबन्डा अन्त्य गरेर मुलुकको नेतृत्व लिनसक्ने व्यक्ति पार्टीमा आवश्यक रहेको र त्यसका लागि आफू पनि योग्य रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– “सरकार बदल्ने विषयमा महाधिवेशन पछि बस्ने पार्टीेको बैठकमा निर्णय गर्नेछ ।”

एक उत्तर छोड्न