ऊर्जामन्त्री रायमाझी कि काफ्ले ?

1
काफ्ले

काठमाडौं, फागुन १८ – ऊर्जामन्त्री भएको दुई महिनासम्म भेट्न समेत नदिए पनि पछिल्ला दिनमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले बीच सुमधुर सम्बन्ध विकास भएको छ ।

मन्त्री भएपछि काफ्लेप्रति संकेत गर्दै ऊर्जामन्त्री रायमाझीले प्राधिकरणको दुर्गन्ध हटाउने भाषण समेत गरेका थिए । तर प्राधिकरणको दुर्गन्ध हटाउने डिङ हाँक्ने तिनै रायमाझीले २ महिनापछि ९० डिग्री परिवर्तन भएर काफ्लेलाई प्राधिकरणको सुगन्धको रुपमा देख्न थालेका छन् ।

दुई महिनासम्म भेट नदिने तहमा पुगेका मन्त्री रायमाझी अहिले प्राधिकरणको कर्मचारी जस्ता र काफ्ले मन्त्री जस्तै भएका छन् । मन्त्री रायमाझीलाई प्रभावमा पारेर सम्बन्ध विकास गरेपछि काफ्ले आफ्ना निकटहरुसँग थोरै रकममा उनलाई किन्न सकेकोमा मख्ख पर्ने गरेका छन् । कार्यकारी निर्देशक काफ्लेले प्राधिकरणका महत्वपूर्ण र कमिसन धेरै आउने काम यो सरकारका पालामा होइन, अर्को सरकारका पालामा गर्ने भन्दै फाइल वेट गराएका छन् ।

काफ्लेले जलविद्युत आयोजनाका प्रबद्र्धकहरुलाई सिधै भन्ने गरेका छन्, यो सरकार कांग्रेसको महाधिवेशनसम्म मात्र हो, एक महिनाभित्र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सबै काम त्यतिबेला गर्नुपर्छ । मन्त्रीलाई भने पनि काम गर्ने म हो, म बोर्डमा प्रस्ताव लान्न भन्दै महत्वपूर्ण फाइल होल्ड गर्दैआएका छन् । प्राधिकरणबाट हुने सजिला र धेरै कमिसन आउने काम आफैं सुटुक्क गर्ने र विवादमा पर्ने किसिमका फाइल मात्र मन्त्रीसम्म लाने गरेको आरोप पनि काफ्लेमाथि लाग्ने गरेको छ ।

प्राधिकरणले गत बर्ष १६ सय कर्मचारी मागेर सूचना निकालेको र भदौमा लिखित परीक्षा, अन्तर्वार्ता सकेका कर्मचारीको नतिजा ननिकाली पुन: ५ सय १ जना कर्मचारी आवश्यक भएको सूचना निकालेको छ । प्राधिकरणले १६ सय कर्मचारीको नतिजा ननिकाली पोको पारेर ऊर्जामन्त्री रायमाझी र काफ्लेले नयाँ कर्मचारीका लागि सूचना निकालेको स्रोतले बताएको छ । पहिलाको सूचना अनुसारको नतिजा सार्वजनिक गरेपछि मात्र नयाँ सूचना निकाल्नुपर्नेमा कर्मचारी भर्तिमा समेत आर्थिक लेनदेनका लागि सूचना निकालिएको छ । कथित खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट भएका कार्यकारी निर्देशक रामेश्वर यादवविरुद्ध ट्रान्सफर्मर भ्रष्टाचारको मुद्दा लागेपछि अदालतमा मुद्दा दिएर दोस्रो नम्बरका काफ्ले कार्यकारी निर्देशक भएका हुन् । दोस्रो नम्बरका प्रतिस्पर्धीलाई कार्यकारी प्रमुख बनाउने प्रचलन विश्वमै अनौठो भएको टिकाटिप्पणी काफ्लेलाई एमडी बनाउने क्रममा भएको थियो ।

अदालतको आदेशका आधारमा एमडी भएका काफ्लेलाई सुशील कोइराला सरकारको अन्तिम समयमा ऊर्जा मन्त्रालय तानिएको थियो ।

राधा ज्ञवालीलाई ऊर्जामन्त्रीबाट बर्खास्त गरेर वामदेव गौतमले सम्हालेको समयमा उनी मन्त्रालय तानिएका थिए । मन्त्रालय तानिएपछि उनी पुन: मुद्दा दिएर अदालतको आदेशमा  प्राधिकरणमा फिर्ता भएका हुन् । उनले मुद्दा जित्नका लागि न्यायाधीशका आफन्त बीचौलियालाई चेक दिएका थिए । तर बीचौलियाले चेक साट्न जाँदा चेक बाउन्स भएको स्रोतले दृष्टिलाई बतायो ।

मुद्दा जितेर काफ्लेले ५ महिना प्राधिकरणमा बिताइसक्दा पनि चेक नसाटिएपछि ती बीचौलिया तनावमा परेका छन् । काफ्लेले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै दररेट तोकेर प्राधिकरणमा विनियम विपरीत सरुवा गरेका छन् । मन्त्री रायमाझीलाई ५ करोड रुपैयाँ बुझाउनुपर्छ भन्दै बरिष्ट कर्मचारी प्रमुख हुने ठाउँमा कनिष्टलाई सरुवा गरिएको छ । ९ तहको प्रमुख हुनुपर्ने कार्यालयमा कार्यकारी निर्देशक काफ्लेले ७ तहको कर्मचारीलाई सरुवा गरेको प्राधिकरण स्रोतले बताएको छ । स्रोतका अनुसार मन्त्रीको आज्ञा भन्दै उनले ब्यापक कर्मचारी सरुवा गरेका छन् । सरुवामा तहअनुसार घुस असुली गरिएको छ । विनियमावली उल्लंघन गर्दै सरुवा भएको छ ।

 मन्त्री रायमाझीले पार्टीको नीति विपरीत भतिजा आलोक रायमाझीलाई स्वकीय सचिव राखेका छन् ।

पार्टीका कार्यकर्ताले भेट्न खोज्दा वा फोन गर्दा आलोकले मन्त्री ब्यस्त भएको भन्दै भेट नदिने ब्यापारीलाई तुरुन्त भेट गराउने गरेको आरोप छ ।

आजको दृष्टि साप्ताहिकमा यो खबर प्रकाशित छ |

 

एक उत्तर छोड्न