सती प्रथा झैं जलिरहेको चितामा हामफालेर मृत्यु

सती

जाजरकोट, फागुन १८ – सती प्रथा झैं जलिरहेको चितामा हामफालेर मृत्यु भएको समाचारले अहिले सबैलाई आश्चर्य चकित बनाएको छ |

जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ ।

बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ ।

Leave a Reply