संयुक्त राष्ट्रसङ्घले बुरुन्डीमा मानवअधिकार टोली पठाउने

2

नैरोबी (केन्या),  फागुन १७ –  संयुक्त राष्ट्रसङ्घले बुरुन्डीमा मानवअधिकार टोली पठाउने भएको छ | पछिल्ला दिनहरुमा हिंसात्मक गतिविधिले बढावा पाएको भन्दै मानवअधिकारकर्मीको एक टोली त्यहाँ पठाउने निर्णय सोमबार गरेको छ ।

आगामी मार्च १ सम्म राष्ट्रसङ्घको तीन सदस्यीय टोली बुरुन्डीमा पुगी मानवअधिकार उल्लङ्घनका गतिविधि निरीक्षण गर्ने संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर)ले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उक्त टोलीमा अल्जेरिया, कोलम्बिया दक्षिण अफ्रिका मानवअधिकार विज्ञको टोली पुगी विगत १० महिना यता बढ्दै गएको मानवअधिकार उल्लङ्घनका घटना निरक्षण गरी शान्ति स्थापना कार्यमा सघाउने छ ।

यसअघि यसैसाता अफ्रिकन युनियनले १०० जना मानवअधिकारी पर्यवेक्षक र १०० सैन्य गतिविधि पर्यवेक्षण गर्ने गरी दुई सय जनालाई बुरुन्डीमा  पठाउने निर्णय गरिसकेको छ ।

एक उत्तर छोड्न