डा. प्रकाश शरण महतको सोसल मिडियामा भिडियोबाट शुभकामना

शुभकामना

काठमाडौं, फागुन १८ – नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिदै गर्दा केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले भिडियो मार्फत शुभकामना दिएर सोसल मिडियामा देखिएका छन् । बुधबारदेखि सुरु हुने पार्टीको महाधिवेशन तयारी पूर्व उनले फेसबुकमा भिडियो शूभकामना सहित आएका हुन् ।

‘नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा देश र विदेशबाट निर्वा्चित हुनुभएका सम्पूर्ण प्रतिनिधि साथीहरुमा हार्दिक बधाई तथा शुभकामना । जय नेपाल उनले उक्त कुरा उल्लेअ गर्दै भिडियो फेसबुकमा अपलोड गरेका छन् । आइतबार अपलोड गरिएको उनको करिब १० मिनेट लामो शुभकामना भिडियो करिब ६ सय जनाले हेरिसकेका छन् ।

महाधिवेशन नजिकिदै गर्दा पार्टीका अन्य केही नेताहरु पनि सोसल मिडियामा सक्रिय देखिएपनि डा. महत नौले प्रक्रियाबाट महाधिवेशन प्रचारमा लागेका हुन्

उनले १३ औं महाधिवेसनबाट एउटै पार्टी्भित्र ‘यो पक्ष र ऊ पक्ष भन्ने सोच पनि अन्त्य गर्नुपर्ने सन्देश दिएका छन् । हाल उनको फेसबुकमा २६ सय भन्दा बढी लाइक्स पुगिसकेका छन् । त्यसैगरी केही दिनदेखि उनी ट्वीटरमार्फत पनि महधिवेशनको प्रचारमा लागिरहेका छन् । पीएस महत ह्यान्डिल रहेको उनको ट्वीटर एकाउन्टमा करिब साढे ३ सय फलोवर पुगिसकेका छन् ।

डा महतलाई तलको लिंकमा फलो गर्न सकिनेछ |

https://www.facebook.com/psmahatnc/

https://twitter.com/PSMahat

Leave a Reply