कागती खेतीले वार्षिक २५ लाख आम्दानी

लाख

पथरी (मोरङ), फागुन १८- मोरङ डंग्राहाका ढालुराम माझीले कागती खेती गरेर विगत चार वर्ष देखि वार्षिक २५ लाख रुपैयाँ कमाउँदै आउनुभएको छ ।

विसं २०३६ सालमा नेपाली काँग्रेसको क्षेत्र नं ६ का सभापति हुनुभएका माझीले पार्टीहरु देश बनाउने भन्दा बढी आन्तरिक झगडामा लागेको देखेपछि राजनीतिबाट खिन्न भएर २०६४ सालदेखि डंग्राहा–३ मा दुई बोट कागतीको विरुवा रोपेर कागती खेती सुरु गर्नुभएको थियो ।

माग अनुसार कागती खेती गर्न नसकेपनि अहिले आफूले उत्पादन गरेको कागतीले सुनसरी र मोरङको स्थानीय बजारको माग धान्ने गरेको उहाँ बताउनुहुन्छ । यसबाट उहाँलाई वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गर्छ ।

अहिले उहाँको दुई बिगाह जमिनमा चार जातका कागती फलिरहेका छन् । ती हुन् –धनकुटे पारीपात्ले, लाम्चो, गोलो र मद्रासी कागती । कागती खेतीबाटै उहाँको चार जनाको परिवार अहिले ढुक्कसँग चलिरहेको छ । त्यस्तै, उहाँको छोरा कृषिमा स्नातक अध्ययन गर्दैछन् । एक पटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने र रोग किरा तथा अन्य समस्या पनि कम हुने हुँदा कागती खेती नेपाली किसानका लागि निकै लाभदायक रहेको माझीको भनाइ छ ।

वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको कागती नेपालमा बाहिरबाट आउने गरेको बताइन्छ ।

एक उत्तर छोड्न