नयाँ शक्तिको उम्मेद्वार हुन बिपन्न नेपालीलाई गाह्रो

बाबुराम भट्टराईले स्थापना गरेको नयन शक्ती नेपाल पूर्णरुपले राजनीतिक पार्टीका रुपमा स्थापना नै नभई बिबादमा पुगेको छ भन्दा कसैलाई पत्यार नहोला ! तर बैधानीक रुपमा पार्टी न बन्दै बाबुराम स्वयम्कै
काठमाडौं फागुन १९ – नयाँ शक्तिको उम्मेद्वार हुन बिपन्न नेपालीलाई गाह्रो  हुने भएको छ |
मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी  नया शक्तिले विभिन्न तहमा उम्मेद्वार हुनको लागि शुल्क  तोकेको हो | जस बमोजिम बिपन्न बर्गका मजदुर किसानलाई भने पार्टीलाई बुझाउनु पर्ने शुल्कको अभाबमा नै उम्मेद्वार हुन गाह्रो पर्ने देखिएको छ |
नयाँ शक्तिले  गाउँ, नगर, प्रदेश र संघको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार हुनेसँग क्रमशः ५ सय, १ हजार, ५ हजार र २० हजार रुपैयाँ का दरले शुल्क उठाइने बताएको छ।
मासिक २० रुपैयाँका दरले ५ महिनामा १ सय रुपैयाँ सदस्यता शुल्क बुझाउन सकिने लचकतासहित आर्थिक कार्यविधि सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एक आर्थिक वर्षमा व्यक्तिसँग ५० हजार तथा संस्थासँग २० लाख रुपैयाँभन्दा बढी चन्दा नलिने बताएको छ। उसले  चन्दा संकलनका लागि वैशाख र कात्तिक महिनाको सुरुवाती १५ दिन तोकेको छ |
कार्यविधि अनुसार साउन देखि मंसिर मसान्तसम्म १ सय रुपैयाँ बुझाएर सदस्यता नविकरण गर्नुपर्ने छ। नविकरणमा एक महिना भन्दा बढी ढिलाइ गर्नेको सदस्यता निलम्बन गरिने कार्यविधिमा उल्लेख छ। नयाँ शक्ति नेपालका  संयोजक डा. बाबुराम भट्टराईले सदस्यता शुल्कबाहेक शुभेच्छुकहरुबाट स्वेच्छिक रुपमा पारदर्शी तवरमा चन्दा संकलन गरिने र चन्दा संकलन गर्दा सर्त स्वीकार नगर्ने बताए।
८ पृष्ठ लामो आर्थिक कार्यविधि अनुसार नयाँ शक्तिमा गाउँ र जिल्ला परिषद्को हकमा परिषद्का अध्यक्षलाई तथा प्रादेशिक र केन्द्रीय परिषद्को हकमा कार्यालय सचिवलाई मात्र खर्चको स्वीकृति गर्ने र पेश्की दिइने अधिकार दिइएको छ। पेश्की फर्छ्योट नगर्ने सदस्यलाई पार्टीबाट बर्खास्त गर्ने कार्यविधिमा उल्लेख छ।
नयाँ शक्तिको चार दिन लामो बैठकले मुलुकको आर्थिक समृद्धि  र रोजगारी सिर्जनामा बल पुर्‍याउनका लागि नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने, सरकारी काममा सुशासन कायम गर्नका लागि आफ्ना जिल्लास्थित कार्यालयमा हेल्प डेक्स स्थापना गर्ने, राजनीतिक अभियान संचालनका लागि संयोजक डा. बाबुराम भट्टराईको संयोजकत्वमा १२ सदस्यीय राजनीतिक विभाग गठन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

एक उत्तर छोड्न