काँग्रेसले माछामासुसहितको खाना खुवाउने

0
काठमाडौँ, फागुन २१- नेपाली काँग्रेसको तेह्रौँ महाधिवशेनमा सबैभन्दा बढी प्रदेश केन्द्रीय सदस्यमा र सबैभन्दा कम दलित महिलाको कोटामा उम्मेदवारी परेको छ ।

काठमाडौँ, फागुन १९ – नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनेलाई काँग्रेसले माछामासुसहितको खाना खुवाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी भोजन तथा आवास व्यवस्थापन समितिले उनीहरुलाई नौ छाक खाना खुवाउने तयारी गरिएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।

मुसलमान समुदाय र साहकारीका लागि उनीहरुको चाहनाअनुसार छुट्टै खानपानको व्यवस्था गरिने भएको छ । भोजनका लागि कुल रु एक करोड दुई लाख छयासी हजार २५० खर्च हुने अनुमान समितिले गरेको छ ।

खाना को खर्च एक करोड

आवासका लागि भने महाधिवेशन अवधिभर झन्डै रु दुई करोड २० लाख एक हजार ३८४ खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनभर प्रतिनिधि बस्नका लागि ठमेलका ४५, गौशालाका १९, सुन्धाराका ६२ र बागबजारको एक होटल गरी १२७ वटा होटल व्यवस्था गरिएको छ ।

उहाँले महाधिवेशनका लागि देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधि बाहेक पर्यवेक्षक, पाहुना र सहयोगीहरुसहित झण्डै तीन हजार ५०० लाई भोजन तथा आवासको तयारी गरिएको बताउनुभयो । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरबाट आउनेहरुलाई भने आवासको व्यवस्था गरिएको छैन ।

एक उत्तर छोड्न