बोक्सी आरोपमा सात जनालाई पेट्रोल छर्की आगो लगाएपछि

ब्ल्यान्टारएर (मलावी),  फागुन १९ –  मलावीको दक्षिणी इलाकामा अवस्थित नान्जे जिल्लामा बोक्सी आरोपमा सात जनालाई पेट्रोल छर्की आगो लगाएपछि उनीहरुको मृत्यु भएको छ ।

जलाएर मारिएका सात जनासँग मानव कङ्कालसहित भेटाएपछि उनीहरुलाई बोक्सी आरोप लगाई स्थानीयको एक जमातले एक पछि अर्को गर्दै जीउँदै आगोले जलाएका थिए ।

घटनापछि घटनास्थलमा प्रहरी पुगे पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ भने गरिएको छैन ।

सात जनामध्ये एक जनाको झोलामा मानव अस्थिपञ्जर भएको थाहा पाएपछि स्थानीयले उसलाई केहीबेर लखेटेपछि समातेका र उसैको भनाईका आधारमा अन्य छ जनालाई समेत नियन्त्रणमा लिइएको थियो ।

प्रहरी अधिकारीले कङ्काल अल्विनो समुदायको भएको वा ती अरू कुनै समुदायका मानिसका थिए भन्नेबारे अनुसन्धान सुरु गरेको छ ।

केही अफ्रिकी मुलुक मलावी, मोजाम्बिक र तान्जानियालगायतका केही अफ्रिकी मुलुकमा अल्विनो समुदायका मानिसलाई मार्ने र बोक्सी लागेका कारण बिरामीलाई उनीहरुको अस्थिपञ्जर प्रयोग गरी उपचार गर्ने गरिन्छ ।

यसरी उपचार गरेमा बिरामी निको हुने विश्वास अफ्रिकी समाजमा व्याप्त छ ।

Leave a Reply