प्रचण्डको आतिथ्य नगरेकोले सिडिओ सरुवा

सुराकी
काठमाडौं फागुन २० – गत साता मात्रै गोरखामा गएर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको धम्कीपूर्ण भाषण आयो ” अब  काठमाडौँ गएर सिडिओ को सरुवा गराउछु ” |
नभन्दै बुधबार बसेको मन्त्री परिषद्को बैठकले गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवा भएको छ ।
उनी आएको डेढमहिनामात्रै भएको थियो।
स्रोतका अनुसार आउँदा सिडिओ डिएसपीले आतिथ्य नगरेको भन्दै दाहाले प्रशिक्षणमा कार्यकर्तासँग असन्तुष्टि जनाएका थिए भने घुमाउरो पारामा सरुवा गर्ने चेतावनी दिएका थिए।
बुधबार बसेको मन्त्री परिषद्को बैठकले गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको ठाउँमा नारायण प्रसाद भट्टलाई सरुवा गरेको छ |
गोर्खाका एक राजनीतिक दलका नेताले क्यापिटल खबरलाई भने- प्रचण्ड जस्तो नेताले सिडिओ सरुवा गराएर लाजमर्दो काम गरेका  छन् |यसले प्रचण्डको चिन्तनको उजागर गरेको छ |

Leave a Reply