नेपाल टेलिकमको पर्यटकलाई निःशुल्क सिम वितरण

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बुधबार एक कार्यक्रममार्फत निःशुल्क सिम वितरण सुरु गरेका हुन् ।

काठमाडौं–नेपाल टेलिकमले विमानस्थलको आगमन कक्षबाट विदेशी पर्यटकलाई निःशुल्क सिम वितरण सुरु गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बुधबार एक कार्यक्रममार्फत निःशुल्क सिम वितरण सुरु गरेका हुन् ।

विदेशी पर्यटकलाई निःशुल्कसिम वितरण गर्दा पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने उनले बताए । पर्यटन प्रवद्र्वनले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा कम्पनीले सिम वितरण प्रारमभ गरेको हो ।

पर्यटकलार्ए आगमन कक्ष रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम वितरण गरिने भएको छ । पर्यटकको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिनेछ ।

आजको कारोबार दैनिकमा यो खबर प्रकाशित छ |

Leave a Reply