फेरी एनसेलमाथि सरकारको आर्को ‘आक्रमक’ !

एनसेल

क्यापिटल खबर 

काठमाडौं  साउन, १ – एनसेलले लाभकर नबुझाए नेपालमा उसको नाममा रहेको बैंकखाता जफत गर्ने तयारी भएको छ ।

स्वीडेनको टेलियासोनेरा कम्पनीले एनसेल प्रालिमा रहेको आफ्नो स्वामित्व बिक्री गर्दा लाग्ने पुँजीगत लाभ कर नतिरे सरकारले उसको नाममा नेपालका विभिन्न बैंकमा रहेको ७२ अर्ब रुपैयाँबाट असुल गर्ने भएको हो ।

टेलिसोनेरियाले नाफा गरेको रकम विदेश लैजान नदिन अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी रोकिसकेको छ ।

एनसेल खरिद बिक्रीबापत कर नतिरे सरकारले सोही रकमबाट असुल गर्ने तयारी गरेको अर्थ मन्त्रालय अधिकारीले बताए  । ठूला करदाता कार्यालयले लाभ कर, शुल्क र ब्याज निर्धारण गरी बाँकी कर तिर्न आउन पत्राचार गरेको बताइन्छ ।

टेलिसोनेरियाको नाममा रहेको ७२ अर्ब रुपैयाँ सरकारले रोक्का गरिसकेको बताइन्छ ।  कर नतिरे सम्पत्ति र जायजेथाबाट बाँकी कर असुली गर्ने आयकर ऐनमा व्यवस्था भएकाले टेलियासोनेराको बैंकमा रहेको रकम खिचेर असुल गर्ने अधिकारीहरु बताउछन् ।

Leave a Reply