पुसको दोस्रो साता भित्र मेलम्चीको सुरुङ खनेर सकिने

मेलम्ची खानेपानी आयोजना

क्यापिटल खबर 

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्म कुल साढे २७ किलोमिटर लामो सुरुङमध्ये २५।१ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ ।

अब २।४ किलोमिटरमात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए ।

आयोजना सम्पन्न नजिक आएकाले ढिलोमा पुसको दोस्रो साता अर्थात् डिसेम्बरसम्मान सुरुङ खन्ने काम सम्पन्न भई उपत्यकामा मेलम्चीबाट पानी आपूर्ति हुने उनले जानकारी दिए । देवकोटका अनुसार सुरुङ खन्न अब ९ प्रतिशतमात्र बाँकी छ ।

इटालियन ठेकेदार सीएमसीले ४ ‘फेस’बाट काम गरिरहेको छ । दैनिक १८ मिटरसम्म सुरुङ खन्ने काम जारी रहेको उनले जानकारी दिए । एक स्थानमा कडा चट्टान भेटिएकाले काममा केही ढिलाइ भएको छ ।

यस्तै, सुन्दरीजलमा साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । अब केही दिनमा परीक्षणको काम सुरु हुने देवकोटले जानकारी दिए । अर्को साढे ८ करोड लिटर पानी प्रशोधन गर्ने केन्द्रको निर्माण सुरु भइसकेको छ ।

सरकारले चालु आर्थिक वर्ष ०७४–०७५ मा मेलम्चीका लागि ६ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

असोजसम्ममा डिसिन्टिङ वेसिन निर्माण सम्पन्न नभए पनि डीआई पाइपको वाइपास निर्माण गरी पानी पथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोजभित्र उपत्यकामा पानि वितरण गर्ने तयारी मेलम्चीको भएपनि त्यो पूरा नहुने भएको छ ।

याङ्ग्री र लार्केको डीपीआर ८ महिनामा सम्पन्न हुने

काठमाडौं उपत्यकामा थप पानी ल्याउन मेलम्चीको रिवर्मादेखि ११ किलोमिटर लामो सुरुङ खनेर याङ्ग्री र लार्केखोलाबाट १७ करोड लिटरका दरले थप ३४ करोड लिटर पानी आपूर्ति बढाउने योजना छ ।

यसका लागि समितिले परामर्शदातामा स्पेनको इप्टसा बीईटीएस नियुक्त गरी उसले विस्तृत आयोजना प्रतिवेदन तयारीको काम थालेको छ । ७ देखि ८ महिनाभित्र डीपीआर सम्पन्न हुने देवकोटाले जानकारी दिए ।

यो समेत गरी ९ महिना उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ । सुख्खायामको ३ महिनामा मेलम्चीबाट १७ करोड लिटरमात्र पानी आपूर्ति हुनेछ । परामर्शदाताले थप १७ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माणका लागि पनि डीपीआर तयार गर्ने छ ।

सरकारले चालु आर्थिक वर्षका लागि मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने छ ।

याङरी र लार्केबाट थप ३४ करोड गरी कुल ५१ करोड लिटर खानेपानी आपूर्तिका लागि काम अघि बढाउन लागेको हो ।

हालको सुरुङ संरचनाबाट थप पानी आपूर्ति गर्न सकिने देखिएपछि सरकारले याङरी र लार्केबाट थप पानी आपूर्तिको दोस्रो चरणको योजना सुरु गर्न लागेको हो । याङरी र लार्केखोलाबाट थप पानी आपूर्ति भएमा राजधानीमा ९ महिना दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुने छ ।

सन् २०१८ को अन्त्यदेखि याङरी र लार्केबाट थप ३४ करोड लिटर पानी आपूर्तिको काम सुरु गर्ने लक्ष्य छ ।

आउँदो ५ वर्ष अर्थात सन् २०२२ सम्म राजधानीमा मेलम्चीबाट ५१ करोड लिटर पानी आपूर्ति हुने छ । याङरी र लार्केबाट थप ११ किलोमिटर डाइभर्सन सुरुङबाट पानी आपूर्ति गर्न करिव ३० अर्ब रुपैयाँ ९३० करोड डलर० लाग्ने देखिएको छ ।

एसियाली विकास बैंक ९एडीबी० ले मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्न तयार रहेको जानकारी गराएको छ । मेलम्चीको मुख्य लगानीकर्ता एडीबी नै हो ।

एक उत्तर छोड्न