अधिकार माग गर्दे प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र

12
प्रधानमन्त्री शेरबहादुर देउवा

क्यापिटल खबर

काठमाडौं । महिला सांसद समन्यव समितिले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलालाई सहभागी गराउन माग गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

समितिकी अध्यक्ष तथा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर महिला सांसदहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री देउवालाई आरजु राणाले नै ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । महिला सांसदहरुले देशका विभिन्न भागमा महिला जनप्रतिनिधिमाथि आक्रमण हुने गरेको भन्दै उनीहरुको सुरक्षाको व्यवस्था गर्न, छाउपडी प्रथाको अन्त्य गर्न पनि माग गरेका छन् ।

महिला सांसद समन्यव समितिमा सबै दलका महिला सांसदहरु सहभागी छन्

एक उत्तर छोड्न