दक्षिणी अफगानिस्तानमा १६ मारिए

bomb blast in afghanistan

क्यापिटल खबर 

अफगानिस्तान साउन,१ – दक्षिणी अफगानिस्तानको लासकारघा सहरमा भब्एको कारबम हमलामा परी १६ जनाको ज्यान गएको समाचार छ ।

सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको थियो । सो आक्रमणमा परी कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि पनि गत माहिनामात्र रमाजानको अवसरमा सोही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको थियो ।

यस घटनामा परी कम्ती २० व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन ।

तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका र ती सबै सर्वसाधारण रहेका अफगान सरकारका प्रवक्ता आमार जवाकले बताउनुभएको छ ।

यस आक्रमण रक्तपातपूर्ण रहेको उनको भनाइ छ । प्रवक्ता अमारले मृतकको सङ्ख्या बढ्न सक्ने जानकारी दिएका छन् । उक्त कार्यालय सुपथ मूल्यसम्बन्धी सेवा दिने कार्यालय हो ।

Leave a Reply