दक्षिण कोरियाद्वारा उत्तर कोरियालाई सैन्य छलफलका लागि प्रस्ताव

प्योंगयाङ

बीबीसी / दक्षिण कोरियाले उत्तर कोरियासँग सैन्य छलफलका लागि प्रस्ताव राखेको छ । प्योंगयाङले लामो दुरीको परमाणु परिक्षण गरेको केही हप्तापछि दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो ।

यदि यो सफल भए, सन् २०१५ पछिको पहिलो उच्च स्तरीय वार्ता हुनेछ ।

एक वरिष्ठ अधिकारीले उक्त वार्ताले दुई कोरियाको सिमानामा वर्षौंदेखि चल्दै आएको समस्त सैन्य तनाव कम गर्ने विषयलाई उठान गर्नुपर्ने बताएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले उत्तरसँगको वार्ता हुनुपर्ने कुरामा निकै अगाडिदेखि इशारा गरिरहेका थिए ।

बर्लिनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्तरसँग वार्ता गरी दुई देशबिच शान्ति सम्झौता  स्थापना हुनुपर्ने अहिलेको मूल आवश्यकता भएको बताएका थिए ।

उत्तर कोरियाका उप रक्षामन्त्री सुन चो–सुकले वार्ता पान्मुन्जोम कम्पाउन्डमा रहेको उत्तर कोरियाली भवन तोन्गिल्ग्याकमा हुने बताइएको छ जहाँ पहिलेका वार्ता पनि आयोजना गरिए ।

प्रस्तावित वार्ता २१ जुलाईमा आयोजना हुने बताउँदै उनले भने, ‘हामीले उत्तर कोरियाबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेका छौं ।’

Leave a Reply