प्रधानन्यायाधीश पराजुलीले सपथलगत्तै कार्यभार सम्हाल्ने

प्रधानन्यायाधीश पराजुलीले सपथलगत्तै कार्यभार सम्हाल्ने

काठमाडौं, साउन २ – प्रस्तावित प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिँदैछन् ।

राष्ट्रपति निवास शितलनिवासमा प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिबाट सपथ लिएलगत्तै आजै रामशाहपथ पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्ययाले जानकारी दिएका छन् ।

पराजुलीको पदावधि आगामी बर्षको वैशाख १५ गतेसम्म हुनेछ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि पराजुली कायममुकायम प्रधानन्यायाधीश बनेका थिए ।

आइतबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनले सोमबार प्रधानन्याधिसका रुपमा कार्यभार सम्हाल्न लागेका हुन् ।

एक उत्तर छोड्न