यस्तो छ मुनवाकर डान्सबारकी साहुनी बनेकी अर्चना पनेरुको भित्री कुरा !

75

काठमाडौं । अश्लिल फोटो र भिडियो पोष्ट गरेर चर्चामा आएका सुनिता पनेरु र अर्चना पनेरु फिल्मी दुनियाँमा राम्रो दाम र नाम लिने रहरले प्रवेश गरे । तर, उनीहरुको घमण्डले त्यहाँ पनि टिक्न गाह्रो भयो ।

किनकि फिल्म बनाउनेको भन्दा उनीहरु बढि हावी हुने कारणले गर्दा । आज फिल्मी दुनियाँमा बदनाम मात्र होइन कसैले उनीहरुको नाम मात्र लियो भने छि ! छि !! छि !!! भन्ने समेत गरिन्छ ।

फेरी म्यूजिक भिडियोको रहर बोकेर काठमाडौं छिरेका उनीहरु आफ्नो गोजीमा पैसा नुहँदा २० हजारबाट बार्गेनिङ गर्ने उनीहरु अग्रिम भुक्तानी लिइसकेपछि नयाँ–नयाँ कपडा किनिदेऊ, भाडाको कपडा प्रयोग गर्दिन्, मैले सस्तोमा गरिदिन खोजेको भन्दै निर्मातालाई उल्टै थर्काउने गर्छन् ।

निर्माताले पछि पैसा फिर्ता दिनुस् भनेपछि बलात्कारको आरोप लगाइदिन्छु भन्दै थर्काउँदै आएका छन् । म्यूजिक भिडियोबाट अगाडि बढ्ने रहर पूरा हुन नसकेपछि काठमाडौंका कुनाकाप्चा डान्सबार र क्लबहरु धाउन थाले ।

२ वर्षको समयमा काठमाडौंका सबै डान्सबार र क्लबको अनूभव लिइसकेका उनीहरु सुरुका दिनहरुमा निकै रोमाञ्चकका साथ काम गर्छन् भने त्यसपछि विस्तारै रक्सीको नसाको तालमा अनेक गालीगलौज गर्न समेत पछि पर्दैनन् ।

आफ्ना सहयात्री क्लबका डान्सर केटीहरुलाई देखिनसक्ने, सानो–सानो कुराहरुलाई पनि ठूलो–ठूलो ईष्यु बनाउने, मन परेको दिन गेष्टसँगै नाचिदिने, मन नपरेका दिन एउटा पनि डान्स नगरी रिसाएर बसिदिने, आउने गेष्टहरुले अरुलाई टिप्स दिएर उनीहरुलाई नदिए नेपाली लोग ‘लेडी बास्टर’ भन्न समेत पछि पर्दैनन् ।

पुरै हैकम जमाउन खोज्ने उनीहरु यो स्टाफ राख, यो नराख भन्दाको उनीहरुको परिणाम २ महिनाभन्दा बढि कुनै पनि डान्सबारमा टिक्न सकेका छैनन् ।

आज कुनै डान्सबारका साहूहरुलाई सोधेर उनीहरुको बारेमा कुरा गर्ने हो भने मलाई ‘फाल्तु’को झमेलामा नहाल्नुहोस्, म उनीहरुको विषयमा कुनै कुरा गर्ने मुडमा छैन भन्छन् ।

कोही–कोही भन्छन्, ‘आमालाई बियर चिकेन फ्राई भए पुग्छ, छोरीलाई नाच्दा १ हजार रुपैयाँ टिप्स र एक फुल वाइन भए पुग्छ । त्यति गरेपछि उनीहरुको फर्माइस पूरा हुनेछ ।’

अहिले आफ्नै डान्सबार खोलेर मिडियामा बिगबिगि मच्चाइरहेका उनीहरु जागिरको खोजीमा भौतारिरहेका उनीहरु ठमेलका गल्लीगल्लीमा भेटिन्छन् ।

 

एक उत्तर छोड्न